Live on
Your Voice, Your Power
इटहरी– सशस्त्र प्रहरीका जवान डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । व्यापारमा सहजीकरण गरिदिने भन्दै लिएको घुससहित सुनसरीको इनरुवास्थित सशस्त्र प्रहरी नम्बर ४ गणमा कार्यरत जवान बलराम यादव पक्राउ परेका हुन् । पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो…