Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क टाइयोङसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेट भएको हो । भेटमा नेपाल र दक्षिण कोरिया सम्बन्धनका विविध पक्ष र आयामका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।