Live on
Your Voice, Your Power
धनगढी– कैलालीको धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका-४ का ३७ वर्षीय विरेन्द्र खड्कासहित तीन जना पक्राउ परेका हुन्। लागूऔषधसहित तीनै जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।