अपराध « Khabarhub

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात प्रयोग गरी ठगीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार ललितपुर महानगरपालिका–१५ थसिखेल घर भई हाल काठमाडौं महानगरपालिका–२२ झोछे बस्दै आएका २३ वर्षीय समन श्रेष्ठलाई पक्राउ गरिएको हो। उनलाई मंगलबार काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।…