अपराध « Khabarhub

जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार 

काठमाडौं- जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एकजना कैदी सुनसरी कारागार कार्यालय झुम्काबाट फरार भएका छन् ।  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका निवासी २८ वर्षीय रूपक पौडेल खत्री कारागारको पर्खाल चढेर मंगलबार राति फरार भएको सुनसरी प्रहरीले जनाएको छ । फरार भएका पौडेलको अहिले सशस्त्र प्रहरीको सुरक्षा बेस झुम्का र नेपाल प्रहरीको संयुक्त टोली खोजी गरिरहेको छ ।…