भारत / चीन / सार्क Archives | Page 329 of 343 | Khabarhub Khabarhub

१६१ यात्रु सवार विमानमा धुवाँ देखिएपछि आकस्मिक अवतरण

भारत– भारतको तामिलनाडु राज्यस्थित त्रिची शहरबाट सिङगापुरका लागि उडेको विमानमा खराबी आएपछि चेन्नाईमा आकस्मिक अवतरण गरिएको छ । १६१ यात्रु सवार स्कूट एयरवेजको विमानको कार्गोमा धुवाँ देखिएपछि आकस्मिक अवतरण गरिएको जनाइएको छ । विमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ । अधिकारीले घटनाबारे अनुसन्धान शुरु गरिएको जनाएका छन् ।