Live on
Your Voice, Your Power
भैरहवा– भैरहवास्थित लुम्बिनी प्रदेश वन तथा वातावरण निर्देशनालयमा १५ असारमा कर्मचारीबीच हातपात भएको घटना १५ दिनपछि सार्वजनिक भएको छ । निर्देशनालयका निमित्त निर्देशक र सोही तहका अधिकृतबीच धान दिवसका दिन हानाहान भएको थियो । अनियमितताको आरोपमा कारबाहीमा परेका जिल्ला वन अधिकृत (डिएफओ) जीवन पंगेनी निर्देशनालयको निमित्त निर्देशक भएर आएपछि कार्यालयका कर्मचारीहरूले कसैलाई टेर्न छाडेका छन् । …