Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सर्वोच्च अदालतमा आज पनि विरोध प्रदर्शन भएको छ। नेपाल बार एशोसिएशनका अधिवक्ताहरुले आज तेस्रो दिन पनि कालो पट्टी बाँधेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरेका हुन् । कालो कोटमा कालो पट्टि लगाएर अधिवक्ता विरोध प्रदर्शनमा हुँदा सुरक्षा व्यवस्था कडा पारिएको छ।