देश/प्रदेश Archives | Page 1302 of 2029 | Khabarhub Khabarhub

मगर संस्कृतिको उद्‌गमस्थल : कोटगाउँ

म्याग्दी– यो तस्वीर म्याग्दीको कोटगाउँको हो । शेरपुंजा र पाइजा मगर समुदायका मानिसको बाहुल्यता रहेको यो बस्तीको तस्वीर राससका ध्रुवसागर शर्माले खिचेका हुन् । मगर संस्कृतिको उद्गमस्थल भएकाले पनि कोटगाउँको विशेष महत्व छ । यो गाउँ रघुगङ्गा गाउँपालिका–६ मा पर्छ । यहीबाट शेरपुंजा र पाइजा थरका मगर समुदाय नेपालका विभिन्न ठाउँहरुमा फैलिएका हुन् ।