देश/प्रदेश Archives | Page 1529 of 1928 | Khabarhub Khabarhub

बजेटमा मनपरि, वडा कार्यालयमा ताला

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले बजेट विनियोजनमा मनपरि गरेको भन्दै वडाकार्यालयमा ताला लगाइएको छ। गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा स्थानीयले ताला लगाएका हुन्। गाउँपालिकाको बजेटमा जनप्रतिनिधिले मनपरि गरेको उनीहरुको आरोप छ। गाउँपालिकाले आसेपासे र आफन्तलाई खुसी पार्न बजेट ल्याएको उनीहरुले आरोप लागएका छन्। नागरिक भेलाको समेत जनप्रतिनिधिले वास्ता नगरेको स्थानीयको आरोप छ ।