देश/प्रदेश « Khabarhub

पाथीभरा केबलकारको विरोधमा रास्वपा, तत्काल निर्माण रोक्न माग

काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विवादले संसद्‍मा पनि बहस भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाथीभर (मुक्कुम्लुङ) मा केबलकार निर्माणका नाममा जारी तनावबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद डा. तोसिमा कार्कीले तत्कालका लागि केबलकार निर्माण रोक्न माग गरेकी छन् ।…