Live on
Your Voice, Your Power
काठमाडौं- ललितपुरको महांकाल गाउँपालिकास्थित कालेश्वरमा आमाछोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार आमा जानी शर्मा र छोरी राधिका शर्मा झुन्डिएको अवस्थामा फेला परेका हुन् । अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत चापागाउँबाट डिएसपीको कमाण्डमा एक टोली पुगेको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।