देश/प्रदेश « Khabarhub

दुई दिनदेखि बेपत्ता बालिका मृत फेला

चितवन– भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन्। कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।