देश/प्रदेश « Khabarhub

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा- गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीय डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।  आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी एक सय मिटर तल खोचको खसेका हुन् । उनका  एक छोरा छन् ।