देश/प्रदेश « Khabarhub

बीपी राजमार्गमा रोकिएका सवारी वैकल्पिक बाटोबाट गन्तव्यतर्फ पठाइँदै

काभ्रे– यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग अन्तर्गत भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बताए । तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल…