देश/प्रदेश « Khabarhub

कैलालीमा सडेको अवस्थामा एक जनाको शव फेला

कैलाली – घोडाघोडी नगरपालिका–५ सेउकलियाको जङ्गलमा आज साँझ एक जनाको शव फेला परेको छ । कान्द्रा नदिदेखि एक सय ५० मिटर पश्चिमतर्फ सडिसकेको अवस्थामा शव फेला परेको प्रहरी ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउदले जानकारी दिए । उनका अनुसार अस्थिपञ्जर मात्रै रही सहजै पहिचान गर्न नसकिने अवस्थामा रहेको शव जनप्रतिनिधिलगायतको रोहवरमा गाडिएको छ…