देश/प्रदेश « Khabarhub

नेपालमा पनि विश्व शौचालय दिवस २०२३ मनाइने

काठमाडौँ- ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ । सोही दिवसको सन्दर्भमा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले मानिसको स्वास्थ्य आफू बस्ने वातावरणसँग अभिन्न रूपमा जोडिने भएकाले सरसफाइलाई उत्तिकै महत्त्व दिँदै आएको बताए। साहले सरसफाइ मानिसको सभ्यता र संस्कारसँग पनि जोडिएको बताए…