Live on
Your Voice, Your Power
काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले आज एक शोक वक्तव्य जारी गर्दै सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।