देश/प्रदेश « Khabarhub

ताप्लेजुङको मेहेलेमा आज पनि पहिरो, एकजना बेपत्ता, दुई घाइते

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् । एक जना सम्पर्कविहीन बनेका छन् । पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिए । उनका अनुसार सुरेशका बाबु केशरबहादुर राई सम्पर्कमा नरहेको बताइएको छ । मेहेलेको मुकुभञ्ज्याङ क्षेत्रमा पहिरो गएको थियो…