Live on
Your Voice, Your Power
काठमाडौं- मधेशका एक जना प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा कालो मोसो दलेका छन् । प्रदेशसभाको बैठक चलिरहेका बेला नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दलेका हुन् । प्रदेशसभामा मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला उनले मोसो दलेका हुन् । उनले दल र नेताहरु अनैतिक बन्दै गएको भन्दै आलोचना समेत गरे ।