देश/प्रदेश « Khabarhub

प्यूठानमा कार दुर्घटना

काठमाडौँ- प्यूठानमा कार दुर्घटनामा परेको छ । स्वर्गद्वारी मन्दिरबाट फर्किँदै गरेका तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको कार दुर्घटनामा परेको हो । प्रहरीका अनुसार उक्त कारमा चार बालबालिका, दुई पुरुष र दुई महिला सवार थिए । दुर्घटनामा घाइते भएकाहरुलाई जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।