Live on
Your Voice, Your Power
सप्तरी- रूपनी गाउँपालिका-६ भटिनिया टोल बस्ने ३५ वर्षीय ध्रुव कुमार भगतको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा सिलिङ पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।