Live on
Your Voice, Your Power
पर्सा- वीरगंज महानगरपालिका-३२ चोर्नी परसवास्थित नारायणी स्टिल कारखानामा बट व्यालडिङ्ग मेसिनमा काम गर्ने क्रममा करेन्ट लागेर बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ डुमरवाना बस्ने २२ वर्षीय उपेन्द्र चौधरीको बुधबार बिहान मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको नारायणी सेन्ट्रल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।