Live on
Your Voice, Your Power
जलेश्वर- पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ । पन्ध्रदिने परिक्रमामा आएका साधु, सन्त, महात्मा र जोगी सन्यासीको उपस्थितिमा धार्मिक अनुष्ठान गर्दै आज बिहान भगवान् मिथिलाविहारी (रामचन्द्र)ले किशोरीजी (माता सीता)सँग महोत्तरीको कञ्चनवनमा होली खेलेपछि आजैदेखि सम्पूर्ण मिथिलाञ्चलमा होली पर्वको शुभारम्भ भएको परिक्रमा यात्रामा सहभागी बाबा…