समाचार Archives | Page 1061 of 6977 | Khabarhub Khabarhub

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

गुल्मी– गुल्मीमा अरिङ्गालले टोकेर मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको छ । सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान उनलाई गुल्मी अस्पताल लगिएको थियो ।  तर, उपचारका क्रममा उनको गुल्मी अस्पतालमा मृत्यु भएको हो ।  सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई टोकेको थियो ।