Live on
Your Voice, Your Power
काठमाडौँ– नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा शुक्रबार फूलपाती बढाइँ कार्यक्रम सम्पन्न भएको छ । तर अघिल्ला वर्षमा जस्तो तामझामसहित नभएर सामान्य रूपमा फूलपातीको बढाइँ गरिएको छ । कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र बढाइँ गरिएको हो ।