Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याज पीडितलाई तत्काल न्याय दिनुको सट्टा सरकारले उनीहरुलाई अलमल्याउन खोजेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले मिटरब्याज पीडितमाथि सरकारबाट फेरि धोका भएको आरोप लगाएका हुन् । सरकारले आयोग गठन गरेर मिटरब्याज पीडितको विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरूलाई उन्मुक्ति दिने काम गरेको उनको आरोप छ ।