अपराध Archives | Page 120 of 266 | Khabarhub Khabarhub

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

दाङ– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा घोराही उपमहानगरपालिका-९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छविलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  गुरुङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।