Live on
Your Voice, Your Power
काठमाडौं– राजधानीबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट ३० भन्दा धेरै ल्यापटप र मोबाइल फोन बरामद गरिएको छ । पक्राउ पर्नेमा १० जना महिला समेत छन् । उनीहरुलाई गेमिङ तथा ह्याकिङको आरोपमा पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकाहरुलाई राजधानीको दरबारमार्ग, नयाँ बानेश्वर, महाराजगञ्ज लगायतका ठाउँमा राखिएको छ ।