Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तोडफोडको अभियोगमा ९ जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ। ६८ वर्षीया एक महिलाको उपचारका क्रममा मंगलबार मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडमा संलग्न भएको अभियोगमा नियन्त्रणमा लिइएका ९ जनालाई अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुससन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।