Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ उपत्यकामा शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ आसपास नै भए पनि विस्तृत विवरण प्राप्त भइसकेको छैन। भूकम्पको ठूलै झट्का महसुस भएको सर्वसाधारणहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।