ब्रेकिङ स्टोरी « Khabarhub

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने प्रयास गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन आफूले प्रयास गरिरहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरी पीडितलाई अनुभूत हुनेगरी न्याय दिलाउन सरकारले निरन्तर काम गरिरहेको र राजनीतिक रुपमा पनि आफूले प्रयास गरिरहेको बताए ।…