Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू हुने भएको छ । बारा-२, चितवन-२ र तनहुँ-१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।