Live on
Your Voice, Your Power
श्रीनगर– जम्मु काश्मिरमा ७२ दिनपछि सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ । जम्मु काश्मिरका मुख्य सचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि काश्मिर प्रान्तका सबै १० वटा जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन हुने जानकारी दिएका छन् । सुरक्षा स्थितिको मूल्याङ्कन पश्चात जम्मु काश्मिरका सबै भागमा मोबाइल सेवा सुचारु गर्ने निर्णय भएको उनले बताए…