समाचार « Khabarhub

सिरहाका किसानको आशा : कमला र खुट्टीखोला नहर

सिरहा– भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन् । रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ ! उनी ढुक्क हुन सकिरहेका छैनन् । लामो समयको खडेरीले कमला नहरको कुलोमै पानी सुक्ला कि भन्ने डर उनको मनमा गडेर बसेको छ । ‘नहरको पानीले खेत भरिन्छ भन्ने…