Live on
Your Voice, Your Power
म्याग्दी– रघुगंगा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुंगा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए । 'लोडरले पहिरो र ब्रेकरले ढुंगा फुटाउने तयारी गरेका छौँ', आजै सडक खोल्ने लक्ष्यका साथ…