समाचार « Khabarhub

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक कृषि उपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुने भएको छ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, संकलनस्थल, ग्रेडिङ (वर्गीकरण) तथा प्राथमिक प्रशोधनका आवश्यक संरचना निर्माण हुने छन् ।  केन्द्र निर्माणको पाँच प्रतिशत लागत पालिकाले व्यहोर्ने छ ।…