समाचार « Khabarhub

बाढीले इकुवा खोलाको पुल बगाउँदा संखुवासभामा आवागमन ठप्प 

किमाथांका– सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएको छ। गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले इकुवा खोलामाथिको पक्की पुल बगाएको हो ।  मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ ।  पहिरोले मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलामाथिको पुल बगाउँदा उत्तरी क्षेत्रको यातायात आवागमन ठप्प भएको उत्तर…