Live on
Your Voice, Your Power
गण्डकी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आइतबार आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।