Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक जारी छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने भनिए पनि ढिलो गरी बैठक सुरु भएको हो । बैठकमा शुक्रबार सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका, सरकारले जारी गरेको अध्यादेशलगायत विषयमा छलफल भइरहेको छ । बैठकमा पार्टीका नेताहरू सहभागी भएका छन् ।