समाचार « Khabarhub

म्याग्दीको किवीले बजार पाएन

म्याग्दी– धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ओमराज मगर बगैँचामा लटरम्म किवी फलेको देखेर जति खुसी छन् त्योभन्दा बढी दुःखी किवीले बजार नपाएर बनेका छन् । ‘सत्तरी बोटमा करिब तीन हजार किलोग्राम किवी फलेको छ’, उनले भने, ‘मङ्सिर महिनाभर करिब पाँच सय किलोग्राम मात्र किवी बिक्री भयो । पुस महिनामा नटिप्ने हो…