समाचार Archives | Page 2622 of 8528 | Khabarhub Khabarhub

कैलालीमा एक महिलाको शव फेला

धनगढी – कैलालीमा एक महिलाको शव फेला परेको छ। यही साउन २२ गतेदेखि हराइरहेकी लम्किचुहा नगरपालिका–१० की करिब ६० वर्षीया भोकारी चौधरीको आज शव फेला परेको हो। जानकी गाउपालिका–२ कटघर नजिकै पथरिया नदीमा चौधरीको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि टीकपुर अस्पताल लगिएको छ।