दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम विभागको अनुरोध, कांग्रेसका अधिकांश सांसदहरु सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्ने पक्षमा, काठमाडौँ महानगरभित्र पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लगाउने तयारी, अविरल वर्षाले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित, जङ्गलमा निउरो टिप्न गएका बेला खोलाले बगाउँदा बुबाछोरा बेपत्तालगायतका समाचारले प्रमुख स्थान पाए ।

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम विभागको अनुरोध

अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

कांग्रेसका अधिकांश सांसदहरु सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्ने पक्षमा

नेपाली कांग्रेसका अधिकांश सांसदहरुले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले क्विन्टल सुन तस्करी प्रकरण सामान्य नभएको भन्दै निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका हुन् । बैठकमा कांग्रेस सांसदहरु डा. शेखर कोइराला, प्रदीप पौडेललगायतका नेताहरु निष्पक्ष छानबिन समितिको पक्षमा उभिएका थिए ।

आइतबारसम्म दलको बैठकमा ५० जना सांसदहरुले धारणा राखेका थिए । सोमबार ११ बजे पुनः संसदीय दलको बैठक बस्ने र आवश्यक निर्णय गरिने कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । बैठकमा सरकार परिवर्तनका विषयमा कुनै छलफल नभएको उनले बताए । बैठकमा धेरै विषयमा धारणा आएको भन्दै सबै विषयहरुलाई समेटेर सोमबार उचित निर्णय लिइने लेखकले जानकारी दिए ।

काठमाडौँ महानगरभित्र पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लगाउने तयारी

अब काठमाडौँ महानगरपालिकामा पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लाग्ने भएको छ । काठमाडौँ महानगरले बर्खाको समयमा पानीपुरी चट्पटेजस्ता खानेकुरामा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

आइतबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा यसबारे छलफल भएको हो ।

गृहमन्त्रीले रोष्ट्रमबाट राजीनामाको घोषणा गर्नुपर्छ : अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् ।

अविरल वर्षाले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए ।

दीर्घकालीन योजना लिएर अघि बढ्न खाद्य व्यवस्था कम्पनीलाई उद्योगमन्त्रीको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दीर्घकालीन व्यावसायिक योजनाका साथ अघि बढ्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन् ।

कम्पनीको वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रिजालले सेवग्राहीलाई उच्चतम सन्तुष्टि दिनेतर्फ केन्द्रित हुनुपर्ने भएकाले दीर्घकालीन व्यावसायिक योजनाका साथ अघि बढ्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका हुन् ।

मासिक प्रगति प्रतिवेदन बुझाउन सञ्चारमन्त्री शर्माको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्ष २०८०/८१ मा प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्रालय मातहातका निकायलाई निर्देशन दिएकी छिन् ।

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक एवम् वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले योजनाअनुरुप काम सम्पन्न गर्नका लागि प्रत्येक निकायले हरेक महिना प्रगति विवरण पेस गर्न निर्देशन दिएकी हुन् ।

जङ्गलमा निउरो टिप्न गएका बेला खोलाले बगाउँदा बुबाछोरा बेपत्ता

दोलखामा खोलाले बगाउँदा बुबाछोरा बेपत्ता भएका छन् ।

खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।

गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।

चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित

चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

वर्तमान चिकित्सा शिक्षा ऐन निरंकुश र स्वेच्छाचारी रहेकाले ऐन परिमार्जन गर्नुपर्ने माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अगुवाइमा स्वास्थ्यकर्मीले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

आरोहण खेल सङ्घको अध्यक्षमा हरि धरेल निर्वाचित

नेपाल आरोहण खेल सङ्घको छैटौँ अधिवेशनले अध्यक्ष हरि धरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षमा सुनारबहादुर गुरुङ, मनोनीत उपाध्यक्षमा ल्हाक्पा शेर्पा, महासचिवमा सन्तोष मादेन, सचिवमा सुजित कँडेल, सचिवमा सञ्जीव गुरुङ, कोषाध्यक्षमा कान्छी डोल्मा ह्योल्मो र सहकोषाध्यक्षमा प्रणीलमान श्रेष्ठ निर्वाचित भएका छन् ।

आज सुनचाँदीको भाउ स्थिर

नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुनको भाउ आजकै जति रहेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ०० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार