Live on
Your Voice, Your Power
काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका-१४ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ६३ वर्षीय गम बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको जनाएको छ…