समाचार « Khabarhub

कूटनीतिज्ञलाई प्रधानमन्त्रीले भनिन्- ६ महिनापछि चुनाव गरेर सत्ता हस्तान्तरण गर्छु

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनापछि शान्तिपूर्ण तवरले लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छन् ।  शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनपछिको परिस्थितिमा आफूले प्रधानमन्त्री पदलाई स्वीकार गरेको भन्दै स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन गरेर लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी हुन् ।…