समाचार « Khabarhub

सभामुख घिमिरे र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट

काठमाडौं– सभामुख देवराज घिमिरेसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् ।  सिंहदरबारस्थित सभामुख कार्यकक्षमा बिहीबार भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । भेटमा सभामुख घिमिरेले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै…