समाचार « Khabarhub

कांग्रेसको नाराबाजीबीच राष्ट्रियसभा बैठक सञ्चालन

काठमाडौं– राष्ट्रियसभाको बैठक पनि नाराबाजीकै बीचमा सञ्चालन गरिएको छ । अध्यक्ष नारायण दाहालले प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीचमा बैठक सञ्चालन गरेपछि उनीहरूले बेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । नाराबाजीका बिचमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबुल गरेका छन् ।