समाचार « Khabarhub

लुम्बिनी प्रदेश सभाको बैठक आव्हान

काठमाडौं– लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चैत्र २२ गते प्रदेश सभाको बैठक बोलाएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शेरचनले चैत्र २२ गते अपराह्न ४ बजे बैठक बोलाएका हुन् ।  यस बैठकमा मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।