समाचार « Khabarhub

अहिलेको व्यवस्थाविरुद्ध असन्तुष्टि पैदा भएको छ : महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकार सबै क्षेत्रमा असफल भइसकेको कारण अहिले व्यवस्था विरुद्ध असन्तुष्टि पैदा भएको बताएका छन् । एमालेले आयोजना गरेको १८ दिने पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्राका बारेमा जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारप्रतिको अविश्वास र वितृष्णालाई व्यवस्थाको विरोधमा प्रयोग गर्न नहुने समेत बताएका छन्  । …