समाचार « Khabarhub

चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार रिक्त राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो ।